सिरियामा बसमा भएको आक्रमणमा २८ जनाको ज्यान गयो

 पुष १६, २०७७ बिहीबार १२:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सिरियामा एउटा बसमा भएको आक्रमणमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ । डेइर अल-जोउर प्रान्तको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण भएको हो । 

सिरियाको सरकारी सञ्चारमाध्यमले ज्यान गुमाउनेहरु सामान्य नागरिक रहेको बताएको छ तर अरु स्रोत र अनुगमन समूहहरूले भने सैनिक चढेको बसमा एम्बुस आक्रमण भएको र ज्यान गुमाउनेहरु सैनिक रहेको उल्लेख गरेका बीबीसीले जनाएको छ । 

आक्रमणमा ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने अनुमान रहेको खबरमा उल्लेख छ । सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स (एसओएचआर) ले आक्रमण विद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले गरेको  र ३७ जना सैनिकको ज्यान गएको बताएको छ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया