प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : सभामुख सापकोटा

 पुष १६, २०७७ बिहीबार १५:६:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सभामुख अग्नी सापकोटाले  परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको बताउनुभएको छ ।

विभिन्न चार राजनीतिक दलमा आबद्ध महिला संगठन र सांसदहरुको ध्यानाकर्षंणपत्र बुझ्दै उहाँले यसअघि पुस ८ गते नै आफूले वक्तव्य मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताउनुभयो । उहाँले संविधानको रक्षा, देश र नागरिकको अधिकतम हितमा आफू सँधै समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो ।

उहाँले आफूले यस सन्दर्भमा देशका समग्र पक्षसँग सुझाव लिदै परामर्श गरिरहेको बताउनुभयो । भेटमा महिला संगठनका प्रतिनिधि र सांसदहरुले प्रतिनिधिसभा पुनः स्थापना गर्नुपर्ने माग गरेका थिए । यस्तै महिला संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटनको घोषणा खारेज हुनुपर्ने बताएका छन् ।

यदि यो प्रतिनिधि सभालाई पुनः ब्युताउन सकिएन भने आम नागरिकको भावना विपरीत हुने उनीहरुले बताएका छन् । अखिल नेपाल महिला संघका अध्यक्ष अमृता थापा, समाजवादी महिला संघका अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन र विवेकशिल शाझा महिलाका अध्यक्ष समिक्षा बाँस्कोटाको संयुक्त ध्यानाकर्षणपत्र सभामुख सापकोटालाई बुझाइएको हो ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया