पहिरोको पूर्वानुमान गर्ने विधिहरु विकास गर्न सकिने विज्ञहरुको...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – उपत्यकाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले धर्मस्थलीबाट १ जना र म्हैपीबाट ४ जनालाई बुधबार पक्राउ गरेको हो ।
धर्मस्थलीबाट नुवाकोट घर भई हाल काभ्रेस्थली बस्ने २२ वर्षीय रमेश तामाङलाई प्रदेश ३९०२,०१६ प ३८०४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । त्यस्तै, काठमाण्डौ म्हैपीबाट नुवाकोट घर भई हाल काठमाण्डौ झोर बस्ने २२ वर्षीय किरण लामा, गणेशथान बस्ने २१ वर्षीय क्षितिज तामाङ्ग, नुवाकोट सुर्यगडी गाउँपालिका घर भई काठमाण्डौ मनमैजु बस्ने २३ वर्षीय दिपक तामाङ्ग र बारा करैया गाउँपालिकामा घर भई हाल तार्केश्वुर नगरपालिका–१० मा बस्ने २३ वर्षीय गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उनीहरूको साथबाट प्रदेश ३९०२९०१५ प ३६०४ नम्बरको मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । अहिले पाँचै जनालाई थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाइएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।