वाइडेनको जितकाे आधिकारिता रोक्ने अन्तिम प्रयासमा रिपब्लिकन सिनेटर

 पुष १९, २०७७ आइतबार ९:२६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकामा रिपब्लिकन सिनेटरहरु राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने अन्तिम प्रयासमा लागेका छन् ।

नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकार्नु भएको छैन । नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्ने दिन जनवरी २० तारिख नजिकिँदै गर्दा रिपब्लिकन सिनेटरहरु आधिकारिकता नदिने अन्तिम प्रयासमा लागेका बीबीसीले जनाएको छ । 

ट्रम्पको आरोपलाई पछ्याउँदै  जिम्मेवारीमा रहेका तथा नवनिर्वाचित केही रिपब्लिकन सिनेटरहरुले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणीकरणमा नमान्ने बताएका खबरमा उल्लेख छ। 

टेड क्रुजको नेतृत्वमा ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले चुनावमा धाँधली भएको आरोप सम्बन्धमा आयोग गठन नगरिएसम्म जो बाइडेनको जितलाई प्रमाणीकरण नगर्ने बताएका छन् । उनीहरुले सदनबाट हुने प्रमाणीकरणका लागि १० दिन ढिलाइ गरिनु पर्ने बताएका खबरमा उल्लेख छ । 

सदनले जनवरी ६ मा बाइडेनको जितलाई प्रमाणीकरण गर्ने तालिका छ । टेड क्रुजसहितका ११ सिनेटर तथा निर्वाचित सिनेटरहरुले अवरोध गर्ने बताए पनि त्यसले सफलता पाउने सम्भावना भने छैन ।

हार स्वीकार नगरेका राष्ट्रपति ट्रम्पको कानुनी प्रयासहरुलाई भने अदालतहरुले खारेज गरिदिएसकेका छन् । बाइडेन तीन सय छ इलेक्टोरल कलेज मत पाएर विजयी बन्नुभएको हो । ट्रम्पले २३२ इलेक्टोरल कलेज मत मात्रै प्राप्त गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया