पर्यटक आगमन झण्डै ८० प्रतिशत घट्यो

 पुष १९, २०७७ आइतबार ११:१५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सन् २०२० मा दुई लाख ३० हजार पर्यटक नेपाल भित्रिएका छन् । 

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको भए पनि कोरोना महामारीका कारण २ लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिएका अध्यागमन विभागले जनाएको छ । 

एक लाख ८३ हजार एक सय ३० जना हवाईमार्ग र ४६ हजार नौ सय ५५ जना विभिन्न नाका हुँदै स्थलमार्गबाट नेपाल आएका हुन् । यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ८० प्रतिशत कम हो । सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए । विभागका अनुसार सन् २०२० मा एक सय ७० देशबाट विदेशी पर्यटकहरु नेपाल आएका हुन् । 

सबैभन्दा धेरै भारतबाट ४० हजार ३ सय ३६ पर्यटक नेपाल भित्रिएका हुन् । यस्तै म्यानमारबाट २० हजार नौ सय ११, थाइल्याण्डबाट २० हजार ७ सय ७८, चीनबाट १९ हजार दुई सय ५७, अमेरिकाबाट १७ हजार सात सय ६७, श्रीलंका १३ लाख ३ सय २८, बेलायतबाट ११ हजार ७ सय ६२ जना आएका हुन् । 

त्यस्तै २०२० मा विदेशमा रहेका चार लाख ९१ हजार ४ सय ४८ नेपाली स्वदेश फर्किएका विभागले जनाएको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, पर्यटन वर्ष कार्यक्रमको घोषणा लगत्तै कोरोना महामारी सुरु भएकाले सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य अधुरै रहेको छ । 

कोरोनाले विदेशी पर्यटक भित्र्याउने काम प्रभावित भएपछि यो वर्ष भने सरकारले आन्तरिक पर्यटक प्रवर्द्धनमा जोड दिएको छ । पर्यटन मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हप्ताको दुई दिन छुट्टि दिने व्यवस्थाका लागि सरकारलाई प्रस्ताव समेत गरेको छ ।

सरकारले पर्यटकीय गन्तव्यहरु खुला गरेसँगै अहिले आन्तरिक पर्यटकको केही चहलपहल देखिन थालेको छ तर, विदेशी पर्यटक भित्र्याउन सरकारले ठोस नीति कदम चालेको छैन ।

कुन देशबाट कति भित्रिए पर्यटक ? यस्ताे छ तालिका :

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया