प्रतिनिधि सभा विघटनकाे विराेधमा अनेरास्ववियुकाे लालटिन जुलुस

 पुष २२, २०७७ बुधबार १५:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको विद्यार्थी सङ्गठन अनेरास्ववियुले बुधबार दिउँसै लालटिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । 

प्रचण्ड–नेपाल पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले बुधबार लालटिन जुलुस गरि सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरूले बानेश्वरसम्म दिउँसै लालटिन बालेर जुलुस प्रदर्शन गरेका हुन् । 

प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनै पनि धारा नभएको बताउनुभयो । प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानुन सम्मत्, संविधान सम्मत् निर्णय सच्याउन उहाँले माग गर्नुभयो । 

प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म अनेरास्ववियुले विरोधका विभिन्न कार्यक्रम गरिरहने सह–संयाेजक तामाङले बताउनुभयो ।

विद्यार्थीरूले ‘दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै’ भन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले ‘संसद् विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ हैँ’, ‘हामी अरू जान्दैनौँ, संसद् विघटन मान्दैनाैँ’ लगायतका नारा लगाएका थिए ।  

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया