विश्वमा कोरोना सङ्क्रमितको संख्या ९ करोड नाघ्यो,  ७१ प्रतिशतभन्दा धेरै सङ्क्रमणमुक्त

 पुष २६, २०७७ आइतबार ८:९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ करोड नाघेको छ । 

पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना सङ्क्रमितको संख्या ९ करोड ७७ हजार नाघेको हो ।

एक वर्षअघि चीनको वुहानमा पुष्टि भएको कोरोना भाइरसको सङ्क्रमण विश्वका सबै महादेशका गरी दुई सय १८ देशमा फैलिएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ६ करोड ४४ लाखभन्दा बढी सङ्क्रमणमुक्त भएका छन्।

यो कुल सङ्क्रमितको ७१ प्रतिशतभन्दा धेरै हो । यस्तै १९ लाख ३४ हजारभन्दा धेरैले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो संख्या कुल सङ्क्रमितको दुई दशमलव १४ प्रतिशत हो । अहिले विश्वमा दुई करोड ३६ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा तीमध्ये एक लाख आठ हजारभन्दा धेरै गम्भीर बिरामी रहेका छन् । 

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा मात्रै दुई करोड २६ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने तीन लाख ८१ हजारभन्दा धेरै सङ्क्रमितको ज्यान गएको छ । दोश्रो प्रभावित भारतमा एक करोड चार लाख ५० हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ५१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्कीलगायत १८ वटा देशमा १० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया