चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतले आउँदाे शनिबारबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्च सरकारी अधिकारीसहितको बैठकले जनवरी १६ अर्थात् आउँदाे शनिबारदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । भारतले यसअघि नै आउँदाे जुलाईसम्ममा ३० करोड मानिसलाई खोप लगाउने घोषणा गरिसकेको छ । शनिबारदेखि सुरु हुने पहिलो चरणको खोप देशभरि निःशुल्क उपलब्ध गराउने खबरमा उल्लेख छ ।
भारतले पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्धको अभियानमा अग्रपङ्तिमा खटिएकाहरुलाई र त्यसपछि ५० वर्षभन्दा बढी उमेरका र जटिल स्वास्थ्य भएकाहरुलाई खोप लगाउने योजना बनाएको छ । बैठकमा खोप अभियानका लागि गरिएको पूर्व तयारीको समेत समिक्षा भएको बीबीसीले जनाएको छ । भारतले खोप अभियानका लागि झण्डै सवा ६ लाख जनालाई तालिम दिइसकेको छ ।
भारत सरकारले स्वदेशमै उत्पादन भइरहेको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई आपतकालीन अनुमति दिइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।