अमेरिकी अर्बपति मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः ...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरिरहेको आफ्नै पार्टी भित्रबाट काम गर्ने वातावरण बन्न नसकेको बताउनुभएको छ । काम गर्न खोज्दा जहिले पनि झमेला मात्रै सिर्जना गर्ने काम भएकाले आफूले नागरिकमा जाने निर्णय गर्नुपरेको उहाँले बताउनुभएको छ ।
आइतबार राष्ट्रिय सभा बैठकमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले जोड–घटाउ, मोलतोल र लेनदेनको झमेलाले सरकारले काम गर्ने वातावरण बन्न नसकेको बताउनुभयो । उहाँले बहुमतलाई ध्वस्त पार्ने, अस्वस्थ र अनुचित गतिविधि बढाउने, ल्याइएका विधेयकहरू अड्काउने काम पार्टी भित्रैबाट भएको भन्दै दुःखेसो गर्नुभयो ।
यस्तै प्रणाली र संविधान नै बेठिक भयो भन्ने निष्कर्ष निकाल्न खोज्नेसमेत भएकाले प्राप्त उपलब्धि रक्षा गर्नका लागि पनि आफूले यस्तो कदम चाल्नुपरेको उहाँको भनाइ छ । झण्डै दुई तिहाइ प्राप्त सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको वातावरण बनेपछि थप सङ्कट ननिम्तियोस् भन्नका लागि आफ्नो कदम अघि बढेकाे उहाँले दाबी गर्नुभयो ।
यस्तै उहाँले गएको वैशाख १३ देखि पुस ४ गतेसम्म दुई सय ८० वटा गुटका बैठक बसेको बताउनुभएको छ । पार्टीलाई कमजोर पार्ने एउटै नेताको घरमा दुई सय ८० वटा बैठक बसेको र ३५ वटा बैठक अरू नेताको घर र अरू ठाउँमा बसेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।