पालिकाहरूमा १ खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेन, प्रभावकारी काम गर्न अर्थमन्त्रीको आग्रह

 पुष २६, २०७७ आइतबार १७:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पालिकाहरूमा विशेष प्राथमिकता दिएर पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह गर्नुभएको छ ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग अर्थ मन्त्रालयमा आइतबार भएको बैठकमा अर्थमन्त्री पौडेलले पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न अनुरोध गर्नु भएको हो ।

पालिकामा पुगेको रकममध्ये एक खर्ब २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्च गरे गाउँपालिका र नगरपालिकाहरूमा विकासको थप लहर सिर्जना गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले कोरोनाबाट अति प्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गर्नुभयो ।

यसैगरी उहाँले  प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमूलक बनाउने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

छलफलमा नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जुले समय तालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फे, गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जुसहितको बैठकमा भूमिसम्बन्धी समस्या समाधान आयोगको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल गर्नुभएको छ ।

आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका एक सय ९३ वटा पालिकासँग सम्झौता गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर तुम्बाहाम्फेले बाँकी रहेका पालिकामा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराउनुभयो ।  

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया