रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
ललितपुर महानगरपालिका २३ सिलौटेमा पर्ने कर्मनासा खोला र खोला आसपासको सरकारी र सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाइ सार्वजनिक जग्गासमेत प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरू दोषी देखिएको अख्तियारले जनाएको छ ।
जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नायब सुब्बाहरू ख्याम नारायण पौडेल र दिनेश न्यौपाने र खरिदार आत्माराम लुईँटेलविरुद्ध मुद्दा दायर भएको हो ।
यस्तै अख्तियारले यूरो हाउजिङ डेभलपर्स प्राली र यूरो ल्याण्ड डेभलपर्स प्रालीका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टङ्कबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जवल मानन्धर तथा काठमाण्डाै अस्पताल प्रालीका सञ्चालकहरू डाक्टर ईश्वरलाल आचार्य, डाक्टर दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध कुल दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।