एन्फा महिला लिगमा वालिङ र एपीएफ खेल्दै
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा गएर आफूलाई नागरिकबाट नै दण्डित गराउन चुनौती दिनुभएको छ ।
आइतबारको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटन गरि चुनावमा जाने निर्णयको विरोध गर्नेहरूलाई चुनावमा गएर नागरिकबाबाट नै दण्डित गरेर देखाउन चुनौती दिनुभएको हो । उहाँले आफ्नो निर्णयमा चित्त नबुझ्नेहरूलाई ‘नागरिकबीच गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्न’ पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चुनावमा जाने भन्नेबित्तिकै खुट्टा किन कामेको ? चुनाव भन्नेबित्तिकै सातो किन गएको ? नागरिकको बीचमा जाने भन्नेबित्तिकै, ताजा जनादेश लिने भन्नेबित्तिकै ? अरू कुनै प्रभुको चरणमा जाने भनेको त होइन नि ? नागरिककाे शरणमा जाने भनेको । नेपाली नागरिककाे अभिमत लिने भनेको । केपी ओलीले गल्ती गरेको रहेछ भने नेपाली नागरिकले दण्ड देलान् । नेपाली नागरिककाे बीचमा गएर केपी ओलीलाई दण्ड दिन अपिल गर्नुहोस् ? तपाईँहरू जानुहोस् । जो, जसलाई चित्त बुझेको छैन । तपाईँहरूलाई नागरिकले त्यही जवाफ दिएर पठाउनेछन् । ’
प्रधानमन्त्री ओलीले लोकतन्त्र र नागरिककाे बलिदानीको रक्षा गर्नका लागि आफूले जिम्मेवारीबोधका साथ प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गैरजिम्मेवार भन्या के हो ? मैले बिलकुल जिम्मेवारीबोधका साथ नागरिककाे बलिदानीको रक्षा गर्नुपर्छ, खेर केही पदलोलुप मान्छेहरूको आत्मकेन्द्रीत स्वार्थी क्रियाकलापहरूलाई हावी हुन दिएर देशमा लोकतन्त्रलाई सही मार्गबाट अन्यत्र जान दिनु हुँदैन भनेर नै प्रतिनिधि सभा विघटन गर्नुपरेको हो । गैरजिम्मेवार कसरी भयो ? के हो गैरजिम्मेवारबाेध भनेको ? बिलकुल जिम्मेवारीका साथ कर्तव्यबोधका साथ यो काम गरिएको हो । ’
उहाँले प्रतिनिधि सभा विघटनसँगै आफ्नो लोकप्रियतामा कमी आएको टिप्पणी गर्ने गरिएको उल्लेख गर्दै त्यसको परीक्षण चुनावमा गएर गर्न चुनौती दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कतिपयले केपी ओलीको लोकप्रियताको ग्राफ जिरोमा झरेछ । जिरोमा झरेछ कि, माइनसमा गएछ कि, प्लसमा गएछ । चुनावमा हेरौँ न अब । अब गफ फिट्ने दिने गए । अब गफ पिटेर हुँदैन, अब मैदान आउने ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।