रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डाै – आइतबार ४१ अङ्कले बढेको शेयर बजार सोमबार भने सामान्य बढेको छ । नेप्से सोमबार तीन दशमलव ३७ अङ्कले बढेर २ हजार २ सय ३९ दशमलव ४३ विन्दुमा पुगेको छ ।
बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र जीवन बीमा समूहको शेयर १ सय ६१ अङ्कले बढेको छ । व्यापार, होटल, उत्पादन, माइक्रोफाइनान्स र अन्य समूहको शेयर घटेको छ ।
सोमबार दुई सय आठ कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर पाँच अर्ब ५२ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंकको ४२ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
साेमबार आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट विकास बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । मल्टिपर्पोज फाइनान्सका शेयर धनीले भने सबैभन्दा धेरै झण्डै ६ प्रतिशत गुमाएका छन् ।
*यसअघि अन्यथा भएकाे सच्याइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।