अछाममा भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी पार्टी नेकपाको दाहाल–नेपाल समूहले आउँदो वैशाख १७ र २७ गते हुने भनिएको चुनावी कार्यक्रम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सर्वोच्च अदालतको फैसला नआएसम्म चुनावी कार्यक्रम रोक्न आग्रह गरेको हो ।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस्तो अवस्थामा चुनावी प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको दाहाल–नेपाल समूहले जनाएको छ । सर्वाेच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको दाहाल–नेपाल समूह पक्षका नेता लिलामणि पोखरेलले बताउनुभयो ।
साथै निर्वाचन आयोगमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सम्बन्धित कागजातको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताउनुभयो ।
निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्र टुङ्गो लगाउने प्रारम्भिक काम मात्रै गरिएको र अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको नेता पोखरेलले बताउनुभयो । आयोगले आयोगको तटस्थतामा शङ्का नगर्न पनि भनेको छ ।
गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै चुनावको मिति घोषणा गर्नुभएको थियो । यसको विरोधमा सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ । केपी ओली पक्ष चुनावको तयारीमा जुटेको छ भने प्रचण्ड–नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।