वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मानको लागि आवेदन माग

 पुष २७, २०७७ सोमबार १७:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन माग गरेको छ ।

वैदेशिक रोजगारीमा गइ फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुकाे योगदानको कदर गरी स्वरोजगारीलाई प्रोत्साहन गर्न सम्मानको लागि आवेदन माग गरेको मन्त्रालयले जनाएको छ ।

‘विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६’ को अनुसूची २ अनुसारको आवेदन फारम भरी खामबन्दी गरेर पठाउन सकिन्छ । आवेदन आउँदाे माघ १९ गतेभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा स्क्यान गरी इमेल ठेगाना  [email protected] मा पठाउन मन्त्रालयले आग्रह गरेको छ ।

श्रमिक भिसामा विदेश गइ कम्तिमा पनि एक वर्ष काम गरि फर्किएको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । विगत पाँच वर्षभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट यस प्रकारको पुरस्कार प्राप्त गरेकाहरुले भने आवेदन दिन सक्ने छैनन् ।

नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भिसा सहितको राहदानीको प्रतिलिपि आवेदनसँगै पेश गर्नुपर्नेछ । यस्तै व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ व ०७६/७७ को करचुक्ता प्रमाणपत्रका प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासहित आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।

आवेदनको फारम मन्त्रालयको वेबसाइट www.moless.gov.np बाट डाउनलोड गर्न सकिन्छ । थप जानकारीका लागि मन्त्रालयको फोन नम्बर ०१-४२००४७६ मा सम्पर्क गरेर पनि बुझ्न सकिन्छ ।


 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया