'जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्’

 पुष २८, २०७७ मंगलबार २०:२२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभा विघटनको विरोधमा कला प्रदर्शनी गरिएको छ । मङ्गलबार प्रज्ञा प्रतिष्ठानको डबलीमा कलाकारहरूले प्रतिनिधि सभा विघटनको विरोधमा फरक प्रकारले प्रदर्शनी गरेका छन् । 

नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा विघटनको विराेधमा कविता, नाटक, चित्र प्रदर्शनीलगायत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा 'जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्, उखान टुक्का गल्फत्ती, देश होइन तिम्रो सम्पत्ति, संसद् विघटन रातारात देश डुबाउन तिम्रो हात, प्रतिनिधि सभा पुनर्गठन सर्वोच्चले गर सम्बोधन' लगायतका नारा लेखिएका प्लेकार्डसहित कलाकारहरूले प्रस्तुति राखेका थिए ।  

प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको निरन्तर शृङ्खलाअन्तर्गत यस कार्यक्रम गरिएको आयोजकले जनाएको छ । विरोध प्रदर्शनीमा सडक नाटकले देशको अहिलेको अवस्था देखाउन खोजेकाे थियो । 

हेरौँ फरक प्रकारको विरोध प्रदर्शनी– 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया