सरकारबाट आर्थिक सहयाेग पाएपछि चलचित्र क्षेत्र पूर्ण रुपमा खुल्दै

 पुष २९, २०७७ बुधबार १२:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सरकारले चलचित्र उद्योग बचाउन विभिन्न शिर्षकमा आर्थिक सहयोग अनुदान उपलब्ध गराउने भएपछि चलचित्र क्षेत्र चलायमान हुने भएको छ ।

नेपाल सरकारको यो कदमले सबैलाई बाच्ने आधार दिएको भन्दै निर्माता संघले धन्यवाद दिएको छ । आगामी माघ १ गतेबाट चर्चित नायक शिव श्रेष्ठले निर्माण गरेको चलचित्र एउटा यस्तो प्रेम कहानीको प्रदर्शन पनि हुने भएको छ । यस सँगै १० महिना देखि ठप्प रहेको उद्योग चलायमान हुने विश्वास गरिएको छ ।

नेपाल सरकारले स्वास्थ्य सावधानीको उपाय अपनाएर सबै गतिविधि तथा कामहरु गर्न अनुमति पनि दिएको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल सरकारले बीमा, भीपीसी कस्ट,इन्कोडिग कस्ट,प्रचार प्रसार तथा पब्लिसिटीमा आर्थिक अनुदान दिने निर्णय भएको बताउनु भयो ।

चलचित्र निर्माण छायांकनलाई एक परियोजना बनाइ एक करोड पचास लाख सम्मको बीमा गर्ने बीमाको प्रिमियम बापतको पैसा नेपाल सरकारले तिरिदिने निर्णय भएको पनि अध्यक्ष अधिकारीले बताउनु भयो । यस्तै सरकारले अहिले रिलिजको तयारीमा रहेका सिनेमाको भीपीसी कस्ट र इङ्कोडिङ्ग कस्ट बापतको रकम पनि नेपाल सरकारले तिरिदिने व्यवस्था भएको बताउनु भयो ।

यस प्रकारको सरकारको सहयोगले सम्पूर्ण चलचित्र उद्योग नै एकसाथ चलायमान हुने वातावरण बनेको पनि अध्यक्ष अधिकारीले बताउनु भयो।  यसै गरि मौद्रिक नीतिमा घोषणा भएको अति प्रभावित क्षेत्रलाई दिने भनेको सहुलियत कर्जा तथा अनुदान कार्यन्वयनमा ल्याउन सरकारसँग माग गरेको पनि अध्यक्ष अधिकारीले बताउनु भयो । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया