नेपालकै बैंकबाट ऋण लिन नसक्ने अवस्थामा मात्रै विदेशी ऋण लिन पाइने

 पुष २९, २०७७ बुधबार १४:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउने नियममा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ ।

२०७६ सालको एकीकृत परिपत्र संशाेधन गर्दै राष्ट्र बैंकले नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी या व्यक्तिबाट ऋण लिँदा नेपाली बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध हुन नसकेकोबारे विस्तृत जानकारी खुलाउनुपर्ने  व्यवस्था गरेकाे हाे । 

‘विदेशबाट लगानी भित्र्याउने भनिएको कम्पनीले नेपालकै वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट आवश्यक परिमाण र ब्याजदरमा लिन नसक्ने अवस्था सिर्जना भएको कुरा निवेदनमा विस्तृतरूपमा उल्लेख गर्नुपर्नेछ’,  राष्ट्र बैंकको परिपत्रमा भनिएको छ । 

यस्तै विदेशी लगानीकर्ताले प्रवाह गरेको ऋणको हकमा नेपालमा पुँजी शेयरमा रहेको ६० प्रतिशतभन्दा धेरै ऋण दिन पनि पाउने छैनन् । 

ऋणबापतको रकम सम्बन्धित कम्पनीले उद्योगको तोकिएको क्षेत्रमा मात्रै उपयोग गर्न पाउने पनि राष्ट्र बैंकले जनाएको छ । यस्तै विदेशबाट ऋण लिनै पर्ने आवश्यकता रहेको पुष्टि पनि कम्पनी वा उद्योगले गर्नुपर्नेछ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया