रचिन र विलियमसनकाे शतकमा न्युजिल्यान्डले दियाे दक्षिण अफ्रिकाल...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पर्खेर बस्न नहुने बताउनुभएको छ ।
बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामका लागि एमसीसी पर्खेर बस्न नहुने बताउनुभएको हो ।
विद्युत् खपत र निर्यात गर्नुपर्ने देशको जल्दोबल्दो आवश्यकता रहेकाले एमसीसीलाई नपर्खिकन ट्रान्समिसन लाइनहरू देशकै लगानी अथवा अरू नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्ने उहाँले बताउनुभयो । एमसीसी लागू गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने उहाँको भनाइ छ ।
ऊर्जामन्त्री रायमाझीले बेला–बेलामा विद्युत् जाने समस्या विद्युत् भार बढी भएको र कमजोर संरचनाका कारण भएको स्पष्ट पार्नुभयो । विद्युतको अपर्याप्तताका कारण विद्युत् काटिएको नभइ पुरानो संरचनाका कारण बेला–बेला जाने गरेको उहाँको भनाइ छ ।
मन्त्री रायमाझीले देशको राजनीतिक प्रणाली र परिवर्तनका मुद्दाहरु नै गुम्ने स्थिति आएको कारण मध्यावधि चुनावमा जानु परेको बताउनुभयो । उहाँले मध्यावधि चुनावमा जानु प्रगतिशील कदम भएको टिप्पणी गर्नुभयो । देशको परिवर्तनको रक्षा गर्न चुनाव आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले प्रतिपक्षी दलहरु चुनावमा जान डराएको तथा सडकमा आन्दोलन गरेर देशको विकास र समृद्धि नहुने बताउनुभयो ।
मन्त्री रायमाझीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको बिहीवारदेखि हुने भारत भ्रमणमा दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने र नेपाल–भारतबीचको अन्तर्विरोध न्यूनीकरण गर्ने विषयमा छलफल हुने जानकारी पनि दिनुभयो । मन्त्री ज्ञवालीको भारत भ्रमण परराष्ट्रमन्त्री स्तरीय नियमित भ्रमण रहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।