आन्तरिक राजस्व कार्यालय बालाजु परिसरबाट घुस लिने–दिने पक्राउ

 पुष २९, २०७७ बुधबार १७:१९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा र टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापा मगर घुससहित पक्राउ परेका छन् । 

कम्प्युटर अपरेटर शर्माले रेस्टुरेन्ट सञ्चालक सन्तोष थापा मगरसँग कर तिर्न सहजीकरण गरिदिएबापत ४३ हजार रुपैयाँ घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनीहरूलाई कार्यालय परिसरबाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताउनुभयो ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया