नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षम...
कात्तिक ३०, २०८१ शुक्रबार
रसुवा – चीनको गान्सु प्रान्तबाट डोनाल्डसन् स्ट्रेनको सुइकी–१ जातको माछाको ६० हजार वटा आँखा उम्रिएको अण्डा आयात गरिएको छ । गान्सु फिसरी रिसर्च इन्स्टिच्युट र चाइना नेपाल कोअप्रेसन प्रोजेक्टको अनुदान सहयोगमा अण्डा आयात गरिएको हो ।
रसवाको सदरमुकाम धुन्चेमा रहेकाे मत्स्य अनुसन्धान केन्द्रमा नयाँ जातको भुरा उत्पादन गरेर किसानसामु सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले अण्डा आयात गरिएको केन्द्रका प्रमुख महेन्द्र भण्डारीले बताउनुभयो ।
‘हामीले चीनबाट यो दोस्रो पटक अण्डा आयात गरेका हौं’, उहाँले भन्नुभयो, ‘यसअघि ल्याइएका अण्डाबाट भुरा उत्पादन गरेर किसानलाई बिक्री गरेका थियौं ।’
हवाइमार्गबाट अण्डा ल्याउने तयारी गरिए पनि बेइजिङमा केही व्यक्तिमा कोरोना संक्रमण देखिएपछि स्थलमार्गबाट ल्याइएको केन्द्रले जनाएको छ । अण्डा ल्याउनुअघि अण्डाको पीसीआर समेत गरिएको थियो । यसअघि पनि चीनबाट ३० हजार वटा आँखा उम्रिएको अण्डा आयात भएको थियो । जसबाट १६ हजार भुरा किसानलाई बिक्री गरेको थियो । केन्द्रका अनुसार अब ५० हजार आँखा उम्रिएको अण्डा आयात हुने क्रममा छ ।
केन्द्रमा यसवर्ष प्रजनन् भएका करिब २ हजार ५ सय जापानिज भुरा, ५ सय वटा जापानिज माउ माछा र ३ सय ५० वटा चिनीयाँ माउमाछा प्रजनन्का लागि पालिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि हालसम्म ५० हजार वटा आँखा उम्रिएको अण्डा किसानलाई बिक्री गरिसकिएको केन्द्र प्रमुख महेन्द्र भण्डारीले बताउनुभयो ।
‘हामीले यो अवधिमा करिब ५० हजार वटा आँखा उम्रिएको अण्डा बिक्री गरिसकेका छौं,’ उहाँले भन्नुभयो, ‘चैतसम्म अण्डा उत्पादन हुने भएकाले बिक्री बढ्दै जाने छ ।
केन्द्रले यसपटक रसुवा सहित गुल्मी, दार्चुला, दोलखा लगायतका जिल्लामा अण्डा पठाएको छ । रसुवासहित १६ जिल्लालाई आँखा बनेको अण्डा, माछा भुरा र खाने माछा बिक्री गर्दै आएको छ ।
उत्पादन भएका अण्डा, भुरा तथा माउ माछा सबैभन्दा बढी रसुवा र नुवाकोटमा खपत हुने गरेको छ । लमजुङ, मकवानपुर, काठमाडौं, सिन्धुपाल्चोक, कास्की, पर्वत, गुल्मी, खोटाङ, धादिङ, ललितपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, रुकुम पश्चिममा समेत पठाउने गरिएको केन्द्रले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।