पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली भारत भ्रमण सकेर आज शनिबार नेपाल फर्किनुभएकाे छ । उहाँले आफ्नो भारत भ्रमणले दुई देशबिचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुत पार्न योगदान पुगेको बताउनुभएको छ ।
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा जानुभएको परराष्ट्रमन्त्री ज्ञवाली शनिबार नेपाल फर्किनुभएको हो । भ्रमणले नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुत पार्न योगदान पुगेको मन्त्री ज्ञवालीले बताउनुभयो ।
आयोगको बैठकमा कोभिड १९ को भ्याक्सिनको आवश्यकता पूर्ति गर्ने बारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्तर्गतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडी बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उहाँले बताउनुभयो ।
बैठकमा रक्सौल, काठमाण्डाै रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले चाँडै काम शुरु गर्ने सहमती गरेको छ । भैरहवामा एकीकृत चेकपोष्टको काम चाँडै शुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले महाकालीमा निर्माणाधीन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको बताउनुभयो ।
बैठकमा भुकम्पपछिको पुनर्निमाणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको छ । नेपाल भारतबीचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ ।
भ्रमणको क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अवलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ । कृषिमा थप सहकार्य गर्ने तथा जीटूजी प्रक्रियामा मल खरिद गर्ने एमओयूलाई गति दिने सहमती लगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
आयोगको संयुक्त बैठक दुवै पक्षलाई अनुकुल हुने समयमा नेपालमा आयोजना गरिने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।