ओलीलाई योगेश भट्टराईको जवाफ : 'तपाईँको स्तर थाहा पाएँ'

 माघ ४, २०७७ आइतबार ७:४६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लक्षित गरेर व्यङ्ग्य गरेपछि प्रचण्ड-नेपाल पक्षका योगेश भट्टराईले जवाफ फर्काउनु भएको छ । 

उहाँले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा केटाकेटीको रगत, पसिना र मेहेनतको जगमा खडा भएको व्यवस्थामा नै प्रधानमन्त्री ओलीले कुर्सी पाएको बताउनु भएको छ । 

भट्टराईले लेख्नु भएको छ : ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दु:ख छैन । तपाईँको स्तर थाहा पाएँ खुशी लाग्यो ।’

हिजो प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई बैगुनी केटाको संज्ञा दिनुभएको थियो । भट्टराइलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर गएको बताउनुभयो ।

ओलीले भन्नु भएको थियो-‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ’।
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया