जीप दुर्घटनामा दुई जनाको ज्यान गयो

 माघ ४, २०७७ आइतबार ९:४३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

पोखरा–बाग्लङ राजमार्गमा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका २५ हेम्जाबाट छुटेको बा २ च ७४१० नम्बरको जीप याम्दीमा पल्टिँदा पोखरा महानगरपालिका १० का प्रकाश पुन र चित्र पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

घाइते सात जनाको पोखराको सहारा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा मोटरसाइकल र ट्रक ठोक्किदा एक जनाको ज्यान गएको छ । को ३२ प ६७ १६ नम्बरको मोटरसाइकल र को १ ख ५५ २७ नम्बरको ट्रक ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका १० का विक्रम चेम्जोङ्गको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा रहेका साइल तुलाधर घाइते भएका छन् ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया