आर आर क्याम्पस चिटिक्क, सबै संगठनका बोर्ड हटाइयो

 भदौ १, २०७५ शुक्रबार ११:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – आर आर क्याम्पसबाट सबै विद्यार्थी संगठनका बोर्ड हटाइएको छ । स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा क्याम्पसभित्रका सबै बोर्ड हटाइएको छ भने क्याम्पस सफाई गरेर चिटिक्क पारिएको छ ।

"क्याम्पस भनेको पढ्ने र ज्ञान लिने  थलो हो, यहाँ विद्यार्थी संगठनका बोर्डले अलिक फोहोर पनि देखिएको थियो त्यसैले सबै संगठनका बोर्ड हटाएका हौं" आर आर क्याम्पसका स्ववियु सभापति तपेन्द्रजंघ शाहीले भन्नुभयो, "सुधार हामी आफैँले गर्ने हो, त्यसैले सरसफाई र अनुशासनसहित हामीले आर आर क्याम्पसलाई नमूना क्याम्पस बनाउने अभियानमा छौं ।" 

भदौ ४ गते क्याम्पस स्थापना दिवसको अवसरमा हुने कार्यक्रमलाई लक्षित गरेर स्ववियुले महानगरपालिकाबाट गाडी मगाएरै फोहोर ब्यवस्थापन गरेको हो । अब सफाई अभियानलाई नियमित बनाउने पनि सभापति शाहीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया