ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुङ्गो आउँदो हप्ता लाग्ने

 माघ १०, २०७७ शनिबार १२:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगको टुंगो आउँदो हप्ता लाग्ने भएको छ ।

केही दिनअघि ट्रम्पका समर्थकहरुले अमेरिकी संसद भवनमा प्रवेश गरेर आक्रमण गरेपछि ट्रम्पविरुद्ध महाअभियोगकाे प्रस्ताव लगाउने प्रक्रिया सुरु भएको थियो ।

संसदको तल्लो सदनले पारित गरेर माथिल्लो सदनमा पुगेको यो प्रस्तावको निर्णय प्रक्रिया आउँदो हप्ता टुङ्गो लाग्ने भएको हो । चुनावी परिणामलाई लिएर हिंसा मच्चाएको भन्दै ट्रम्पविरुद्ध आफ्नै दलका सांसदले समेत महाअभियोग लगाउनुपर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

संसदको माथिल्लो सदनले तल्लो सदनबाट आएको प्रस्तावलाई सदर गरेको खण्डमा ट्रम्पले आउँदो कार्यकालका लागि हुने चुनावमा भाग लिन नपाउने बीबीसीले जनाएको छ । यसअघि पनि ट्रम्पले महाअभियोगको सामना गर्नुभएको थियाे । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया