नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा नारायणमान बिजुक्छे सर्वसम्मत चयन

 फागुन २१, २०८१ बुधबार ६:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन हुनुभएको छ ।

नेमकिपाको हिजो भक्तपुरमा सम्पन्न आठौँं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । नेमकिपाको आठौंँ महाधिवेशन  यही फागुन १६ गतेदेखि शुरू भएको थियो ।

२०३१ साल माघ १० मा विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि नै बिजुक्छे सर्वसम्मत अध्यक्ष रहँदै आउनुभएको छ ।

उमेरले ८५ वर्ष पुग्नुभएका बिजुक्छेले २०७४ को चुनावबाट संसदीय राजनीतिबाट विश्राम लिनुभएको थियो । त्यसपछि भक्तपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यमा नेमकिपाले २०७४ मा पार्टीका सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएको थियो ।

महाधिवेशनले पार्टीको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छे, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन हुनुभएको छ ।

महाधिवेशनले मन्जु चौधरी, विनोद बिक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ । 

अन्तिम अपडेट: फागुन २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया