च्याम्पियन्स ट्रफीकाे फाइनलमा पुग्न आज न्युजिल्यान्ड र दक्षिण अफ्रि...
फागुन २१, २०८१ बुधबार
काठमाण्डौ – अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाण्डौ आउँदैछ।
अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाण्डौ आउन लागेको हो । अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ ।
ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ । यसअघि जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक जना नेपाली फर्काइएका थिए । तीमध्ये तीन जना नेपालीलाई पानामा डिपोर्ट गरिएको थियो, तर उनीहरूलाई पानामा पुर्याउनुको कारण खुल्न सकेको छैन ।
आज काठमाण्डौ आउने चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने तालिका छ ।
अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।