‘सस्तो भयो भन्दैमा तरकारी खेर नफालौँ, पछिका लागि जोगाएर राखौँ’
माघ ११, २०८१ शुक्रबार
काठमाण्डाै – झण्डै तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौको कोटेश्वरको ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक समेत रहेका शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेर ठगी मुद्दा चलाउने तयारी भएको महानगरीय प्रहरी परिसर टेकुका डीएपी प्रमेश विष्टले उज्यालोलाई जानकारी दिनुभयो ।
खड्का र महर्जनले कृष्णप्रसाद देवकोटालाई जग्गा बेच्नको लागि २ करोड ७५ लाख रुपैयाँ बैना लिएका थिए । तर पछि उनिहरुले देवकोटालाई बेच्ने भनिएको जग्गा अन्यत्रै बेचेको र देवकोटाको २ करोड ७५ लाख रुपैयाँ पनि फिर्ता नगरेको प्रहरीले जनाएको छ । यो कारोबारमा अरु केही व्यक्ति पनि संलग्न रहेको र उनिहरुको खोजी भइरहेको डीएसपी विष्टले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।