सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएकाे बताएकाे छ ।
साेमबार एक विज्ञप्ति निकालेर कांग्रेसले फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु सबैकाे नैसर्गिक अधिकार भएकाे जनाएकाे हाे ।
‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकाे अधिनायक आकाङ्क्षालाई थप उजागर गरेको छ । कुनै पनि रङ्ग र स्वरूपको अधिनायकवादविरुद्ध सङ्घर्षमा उभिनु चाहिँ देशभक्तहरूको जिम्मेवारी, कर्तव्य र पहिचान हो’, विज्ञप्तिमा भनिएकाे छ ।
कांग्रेसले सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएकाे बताएकाे छ । कांग्रेसले सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएकाे विज्ञप्तिमा उल्लेख छ । ‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नु, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्वप्रधानन्यायाधीशहरूलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रताविरुद्धको बर्बराहट हो’, कांग्रेसले भनेकाे छ ।
प्रधानमन्त्रीका पछिल्ला कैयौँ अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धूलिसात् बनाउँदै लगेकाे कांग्रेसकाे ठहर छ । आफ्नो कदमविरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्ममार्फत प्रधानमन्त्री ओलीले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढङ्गले अपमान गरिरहनुभएको विज्ञप्तिमा भनिएकाे छ ।
‘प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरूलाई देशविरोधी, देशद्रोही भनेर गैर–जिम्मेवार ढङ्गले लाञ्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेसा, समुदायलाई लाञ्छित र अपमानित गर्ने ढङ्गले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा भनिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।