शेयर बजार झन्डै २० अङ्कले बढ्यो, साढे १० अर्ब रुपैयाँको कारोबार
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ - विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित विभिन्न सेवा उपलब्ध गराउने भएको छ ।
टेलिकमले ग्राहकको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब-बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवा आजदेखि उपलब्ध गराउने भएको प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।
एसएमएस अलर्ट र सर्टकोड सुविधा उपयोग गर्न चाहने संस्थाको आफ्नै एसएमएस एप्लिकेसन वा सिस्टम हुनु आवश्यक छ भने वेब-बेस्ड बल्क एसएमएस पठाउन चाहने संस्थाका लागि नेपाल टेलिकमले नै आवश्यक व्यवस्था मिलाइदिने हुनाले कुनै थप एप्लिकेसन वा सिस्टमको आवश्यकता पर्दैन ।
एसएमएस अलर्ट, सर्टकोड सेवा र वेब-बेस्ड बल्क एसएमएस सेवा उपयोग गर्नका लागि औपचारिकरुपमा अनुरोध गरिएको एउटा पत्र तयार गर्नुपर्छ । यस पत्रका साथमा कम्पनी प्रोफाइल, प्राविधिक प्रोफाइल, सेवाको उद्देश्य, सम्भावित ग्राहक र ग्राहक आधार संलग्न गर्नुपर्छ ।
त्यसैगरी कम्पनी दर्ता र कर कार्यालयमा दर्ता भएको कागजातको प्रतिलिपि समावेश गर्नुपर्छ । यी सम्पूर्ण कागजातसहित तयार गरिएको पत्रलाई इमेलमार्फत पठाउन सकिन्छ वा कम्पनीको नजिकको कार्यालयमा दर्ता गराउन सकिन्छ ।
वेब-बेस्ड बल्क एसएमएस सेवाका हकमा नेपाल टेलिकमबाट स्वीकृति प्रदान भएपश्चात् एसएमएस भोल्युम कोटाका आधारमा तोकिएको रकम बैंक खातामा बुझाउनुपर्छ । यसपछि नेपाल टेलिकमले ग्राहकको यूजर एकाउन्ट बनाएर ग्राहकलाई उपलब्ध गराउछ । यसैका आधारमा ग्राहकले एसएमएस सेवा प्रदान गर्न सक्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।