दाङमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने ६७ छोराबुहारी सम्मानित

 माघ २९, २०७७ बिहीबार ११:२८:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ - देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको उचित स्याहारसुसार गर्ने परिवारलाई सम्मान गरेको छ ।

राप्ती गाउँपालिकाले परिवारका ज्येष्ठ सदस्यको सम्मानपूर्ण व्यवहारकासाथ पालनपोषण गर्दै आएका ९ वडाका ६७ जना छाेराबुहारीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेकाे हाे । 

उनीहरुलाई गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/२०७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वडागत रुपमा टोल सुधार समिति, जनप्रतिनिधि तथा छरछिमेकीको सिफारिसका आधारमा छनौट गरिएकाे हाे । 

ज्येष्ठ नागरिक आमाबुबा, सासू-ससुरा वा अन्य ज्येष्ठ नागरिकको सम्मानमा घरका सदस्यहरुको भूमिकामा कमी नहोस् भनेर छोराबुहारीहरुलाई सम्मान गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भयाे ।

राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिककाे सम्मान, न्यानो कपडा वितरण तथा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया