विराटनगरलाई 'सुपर ओभर' मा हराउँदै पाेखराकाे दाेस्राे जीत
मंसिर २७, २०८१ बिहिबार
दाङ – राप्ती राजमार्ग अन्तर्गत सडकमा लामो समयदेखि खाल्डाखुल्डी हुँदा यातायात सञ्चालनमा समस्या भएको छ । पटक–पटक जानकारी गराउँदा समेत सम्बन्धित निकायले बेवास्ता गरेपछि आहा तुलसीपुर अभियान दाङले तुलसीपुर – पश्चिम सडक खण्डका खाडलहरु पुरेर विरोध जनाएकाे छ ।
अभियानले तुलसीपुरको पातुखोला पुलदेखि दोघरेसम्मका खाडलहरु पुरेको अभियानका संयोजक दीपक काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सडकमा भएका खाडलले गर्दा यातायात सञ्चालनमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम पनि त्यतिकै भएकाले सम्बन्धित निकायकाे ध्यान पुगाेस् भनेर खाडलहरु पुरेकाे हाे ।
‘विभिन्न ठाउँमा सडक मर्मत गर्नको लागि विभिन्न किसिमका विरोध हुने गर्दछन्,‘ उहाँले भन्नुभयो, ‘तर, हामीले सम्बन्धित निकायको ध्यान पुगोस् भनेर नै तुलसीपुर उपमहानगरले उपलब्ध गराएको गिट्टी बालुवा हालेर मर्मत गराएका हौँ ।'
सडक मर्मतको लागि तुलसीपुर उपमहानगरलाई जानकारी गराउँदा राजमार्गमा पर्ने सडकहरु सडक डिभिजन अन्तर्गत पर्ने भएकाले मर्मत गर्न नमिल्ने जानकारी दिएपछि सडक डिभिजनकाे ध्यानकर्षण गर्न सडकका खाडल पुरेको उहाँले बताउनुभयाे ।
‘राज्यले हरेक सवारी साधन सडकमा गुडाएपछि हामीसँग कर लिने गर्दछ,‘ उहाँले भन्नुभयाे, ‘तर, ती सवारी साधन गुड्ने सडकको अवस्था नाजुक हुदाँ समेत ध्यान दिदैन् । जनताको आखाँ छल्नको लागि सडक टालटुल गर्ने गरेको भएता पनि गुणस्तरीय काम नगर्दा सडकहरुको अवस्था यस्तो भएको हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।