च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से झण्डै ३३ अङ्कले घटेको छ । जलविद्युत् र अन्यबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि सोमबार नेप्से ३२ दशमलव ६७ अङ्कले घटेर २६ सय सात दशमलव ६७ विन्दुमा झरेको छ ।
सोमबार बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, व्यापारको झण्डै ९३ अङ्कले, होटलको २१ अङ्कले, विकास बैंकको ६५, माइक्रो फाइनान्सको ५७, फाइनान्सको १३, निर्जीवन बीमाको एक सय आठ र जीवन बीमा समूहको शेयर तीन सय ५१ अङ्कले घटेको छ ।
सोमबार दुई सय सात कम्पनीका दुई करोड १६ लाख कित्ता शेयर आठ अर्ब ४० करोड ६३ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३८ करोड २४ लाख र निफ्राको ३२ करोड १२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
निफ्राको शेयरमा सातौँ दिन पनि सकारात्मक सर्किट लागेको छ । सोमबार आखु खोला जलविद्युत् र निफ्राका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।
सेन्चुरी बैंक, सिभिल बैंक, मेगा बैंक र नबिल इक्विटी फण्डका लगानीकर्ताले पाँच प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।