च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सूचना तथा सञ्चार नीति २०७७ जारी गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सूचना तथा जानकारीलाई प्रभावकारी र व्यवस्थित बनाउन राष्ट्र बैंकले नयाँ नीति जारी गरेको हो । अहिले भइरहेका अभ्यासलाई नीतिगत रुपमा समेटेर नीति सार्वजनिक गरिएको प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।
अहिले सामाजिक सञ्जालमा राष्ट्र बैंकको आधिकारिक अकाउन्ट छैन । नयाँ नीतिअनुसार राष्ट्र बैंकले सामाजिक सञ्जालको पनि प्रयोग गर्ने भएको छ । सूचना प्रविधिको प्रयोग बढ्दै गएसँगै फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत पनि राष्ट्र बैंकका सूचना तथा जानकारी सर्वसाधारणमा पु¥याउने नीति अवलम्बन गरिएको प्रवक्ता भट्टले बताउनुभयो ।
नीतिमा भनिएको छ, ‘बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्नेछ । सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गर्नेछ । बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्न सक्नेछ ।’
यस्तै, अब राष्ट्र बैंकका विभाग र महाशाखाका प्रमुखले पनि सञ्चारमाध्यम तथा सर्वसाधारणलाई सूचना दिन पाउने भएका छन् । प्रवक्तासँगको सहकार्यमा विभागीय प्रमुखले सूचना दिन सक्ने नीतिमा उल्लेख छ ।
‘नीतिमा भनिएको छ, ‘गभर्नरको स्वीकृतिबमोजिम आफ्नो विभागसँग सम्बन्धित काम कारबाहीको वारेमा सम्बन्धित विभागीय प्रमुखले प्रवक्तासँग समन्वय गरी सूचना सम्प्रेषण गर्न सक्नेछ ।’
यस्तो छ, राष्ट्र बैंकको सूचना तथा सञ्चार नीति
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।