आज राति अत्यधिक उल्का वर्षा हुँदै
पुस १९, २०८१ शुक्रबार
सर्लाही – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेस अहिलेकै अवस्थामा सरकारमा जान नहुने बताउनुभएकाे छ ।
सर्लाहीको धनकौलमा नेपाली कांग्रेसले आयोजना गरेकोे बृहत् आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता थापाले नेकपाभित्र भाँडभैलो मच्चिएका बेला कांग्रेस सरकारमा जान हतार गर्न नहुने बताउँदै गएकाे पुस ५ गतेभन्दा अघि भएका सबै खाले गल्तीको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सुरक्षा चिन्ता गर्नुले आफू अचम्मित भएको बताउँदै वर्तमान सरकारले नागरिककाे सुरक्षा गर्न नसक्ने नेता थापाले दाबी गर्नुभयो ।
‘आफ्नै प्रधानमन्त्रीको सुरक्षा गर्न नसक्ने यो सरकारबाट नागरिकले के सुरक्षाको आश/भरोसा गर्ने ? प्रधानमन्त्री आफै सुरक्षा माग्दै हिँड्न थाल्नुभएको छ, प्रधानमन्त्री ओलीको बोलीमा अब कुनै तुक छैन, जताततै जुनसुकै बेला जे हुँदो बोलेर हिँड्नु हुन्छ, उहाँले रोजेको प्रतिगमन बाटोलाई अदालतले ठेगान लगाइ दिएपछि प्रधानमन्त्री रनभुल्लमा पर्नुभएको छ, अब निर्वाचन आयोगले नेकपाभित्रको विवादलाई चाँडै टुङ्गो लगाइदिएर बाटो खोली दिनुपर्छ’, नेता थापाले भन्नुभयो ।
कांग्रेसलाई नागरिकले सरकारमा जानभन्दा पनि प्रतिपक्षमा बसेर सरकारका गलत कामको खबरदारी गर्न मत दिएकाले प्रतिपक्षमा नै बसेर संविधानको रक्षा गर्नुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।