त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
माघ २०, २०८१ आइतबार
काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतका निकायको समिक्षा बैठकमा पर्यटनमन्त्री रबीन्द्र अधिकारी निकै आक्रोशित हुनुभयो ।
मन्त्रालयमा भएको कार्यक्रममा कतिबेला ठट्टा गर्ने मन्त्रीले कतिबेला भने माताहतका निकायका हाकिमहरुलाई निकै थर्काउनु पनि भयो । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको प्रगतिबारे जानकारी गराएपछि मन्त्री अधिकारीले निगमबारे कुरा राख्नुभयो ।
सुरुमा निगमको प्रशंसा गरेका मन्त्री अधिकारीले त्यसपछि भने कहिले जहाज ग्राउन्डेड भएका विषय अनि कहिले कमजोर व्यवस्थापनका विषयमा निगम र महाप्रबन्धक कंसाकारप्रति आक्रोश पोख्नुभयो ।
‘नेपाल एअरलाइन्स अहिले केही पंचुअल भएको छ, पुरै भएको छैन, अब त हामीसँग २ वटा वाइड बडी पनि आएका छन्, अलि राम्रो व्यवस्थापन गर्नुप¥यो, मलाई केही दिन अघि रिपोर्ट आएको छ न्यारो बडी विमानका सिट गन्हाउने भएका छन् रे, त्यसलाई तत्कालै फेर्नुहोला ।’
कार्यक्रममा हलभरीका सहभागीलाई हसाउँदै मन्त्री अधिकारीले भन्नुभयो, ‘नयाँ जहाजमा त सफा सुग्घर सिट छन्, तर पुरानाका चाहिँ गन्हाउने भए रे, जनशक्तिको कमी हो भने थप्नुहोस, काम नगर्ने छन् भने बिदा गरिदिनुहोस, त्यस्ता कुरा पनि मन्त्रीले भनिरहनुपर्ने हो र भन्या ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shambhu kjadka
Aug. 19, 2018, 9:54 p.m.त्यो क्रोनिक रोग थाहा पाउन ६ महिना लाग्यो मन्त्रीज्यू ?