डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डाै – पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपमा महिलातर्फको उपाधि न्यु डायमण्ड स्पोर्टस् क्लबले जितेको छ । त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सम्पन्न खेलमा न्यु डायमण्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई तीन–दुईको सेटमा हराउँदै उपाधि उचालेको हो ।
पहिलो सेट २२–२५ ले गुमाएको डायमण्डले दोस्रो सेटमा २५–११ र तेस्रो सेटमा २५–१९ को पुनरागमन गर्न सफल भएको थियो । चौथो सेटमा पुलिस २५–२१ ले खेलमा फर्किँदा अन्तिम तथा निर्णायक सेटमा न्यु डायमण्डले १५–११ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको थियो ।
जितसँगै डायमण्डले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपको दोस्रो उपाधि जितेको छ । यसअघि पहिलो संस्करणमा विभागीय टोली एपीएफलाई हराएर न्यु डायमण्ड उपाधि जित्न सफल भएको थियो ।
उपाधि जितेकाे न्यु डायमण्डले पुरस्कार स्वरूप तीन लाख रुपैयाँ हात पार्दा उपविजेता बनेको पुलिसले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्याे । तेस्रो भएको एपीएफले ७५ हजार रुपैयाँ प्राप्त गर्याे ।
यस्तै आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियशिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब विजेता बनेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।