उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना नागरिकलाई गम्भीर र अप्ठ्यारो सङ्कटका लागि तयार रहन आग्रह गर्नु भएको छ ।
नेता किमले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको गम्भीर भोकमरीसँग तुलना गर्नु भएको छ ।
उत्तर कोरियाले कोरोना भाइरसको महामारीका कारण आफ्ना सीमा बन्द गरेको छ । जसका कारण चीनसँगको व्यापार तथा आयात निर्यात ठप्प प्राय छ ।
चीनसँगको आर्थिक गतिविधि उत्तर कोरियाका लागि ‘लाइफ लाइन’ मानिन्छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक प्रतिबन्ध लागेका कारण पनि अवस्था थप सङ्कटपूर्ण बनेको हो ।
मानव अधिकारवादी संस्थाले उत्तर कोरियामा गम्भीर खाद्य सङ्कट तथा आर्थिक अस्थिरता आउन सक्ने चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।