उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – म्यानमारको यंगुन शहरमा थप ८० जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गएको छ ।
यंगुनकोे उत्तर पश्चिम क्षेत्रमा रहेको बागो शहरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको खबरमा उल्लेख छ । त्यहाँ अझै धेरै प्रदर्शनकारीहरुको ज्यान गएको हुन सक्ने म्यानमारका स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
सेनाले शवहरु आफै लगेकाले मृतकको यकिन तथ्यांक अझै पत्ता लाग्न सकेको छैन । म्यानमारमा गएको फेब्रअरी १ मा सेनाले सैनिक शासन लागू गर्दै संकटकाल लगाएपछि प्रदर्शन हुँदै आएको छ । दिनहुँ चर्किएको प्रदर्शनमा अहिलेसम्म ६ सय १८ जनाको ज्यान गइसकेको छ । म्यानमारमा आन्दोलन नरोकिएपछि आफ्नो देश छोडेर अरु देशमा जानेहरुको पनि संख्या बढ्दै गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।