बिस्केट जात्राको रथ तान्दा भक्तपुरमा १९ जना घाइते :  मध्यरातमा ढुङ्गा हानाहान

 चैत २९, २०७७ आइतबार ९:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बिस्केट जात्राको रथ तान्दा भक्तपुरमा १९ जना घाइते भएका छन् । हिजोदेखि सुरु भएको बिस्का अर्थात् बिस्केट जात्रामा भैरबको रथलाई तान्ने क्रममा रथबाट झर्दा, रथ तान्ने क्रममा र ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका हुन् ।

ढुङगा हानाहान भएपछि रथलाई आज बिहान मात्रै गःहिटी पुर्याइएको छ । आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । रथबाट खसेर ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षका दिपेश साँगाछें घाइते भएका छन् । 

त्यस्तै रथ तान्ने क्रममा मनिष सिन्ताकल, रमेश माता, अमिक त्वायना, सुनिल भुजेल घाइते भएको प्रहरीले जानकारी दिएको छ । अरु घाइते सुनिल नापित, नरेश श्रेष्ठ, रोजन त्वातीलगायत उपचारपछि घर फर्किएका छन् । राती ढुङ्गा हानाहान हुँदा ढुङ्गाले लागेको केहि घाइते भएका प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीले छिटपुट घटना भएका र तोकिएका आवश्यक व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा रथमा नचढ्न पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया