धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डौ – आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो दुई बजेका लागि बैठक बेलाउनुभएको हो ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको सहभागिता रहनेछ । आजको पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि माओवादी केन्द्र र जसपासँग भइरहेको छलफल तथा थप रणनीति तय गर्ने तयारी छ ।
भोलि बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न तथा १४ औं महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले बैठक बोलाउनुभएको पार्टीका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
गएको शुक्रबार सभापति देउवाले ३ दलको संयुक्त बैठकमा आफ्नै नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्तावमा माओवादी केन्द्रले समर्थन जनाए पनि जसपाले पनि ठोस निर्णय दिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।