सङ्क्रमण बढे पनि तत्काललाई कुनै क्षेत्र बन्द नहुने

 चैत ३१, २०७७ मंगलबार ७:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - कोरोनाको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद्को बैठकले भने तत्काल कुनै पनि क्षेत्र बन्द गर्नु नै अन्तिम उपाय नभएको भन्दै नयाँ मापदण्डमा कडाइ गर्ने निर्णय गरेको हो ।

तर, अवस्था र परिस्थिति हेरेर थप निर्णय भने गर्ने सरकारको तयारी छ । नेपालमा यूके भेरियन्ट फैलिएको र यसबाट बालबालिका धेरै प्रभावित हुन थालेका डाक्टरले बताउँदै आएका छन् । हिजो देशभर ५ सय ५९ जनालाई कोरोना सङ्क्रमण भएकोमा १८ वर्षमुनिका २४ जना छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो १० दिनमा १८ वर्षमुनिका दुई सय ८० जना सङ्क्रमित भएका छन् । कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै विद्यालय क्षेत्रमा जोखिम बढ्दै गएको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया