डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डाै - आउँदाे वैशाख ११ गते नेपालकाे ऐतिहासिक सम्पदा धरहराकाे उद्घाटन गर्ने तयारी थालिएकाे छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापना कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराकाे उद्घाटनबारे जानकारी गराउनु भएकाे हाे ।
उहाँले भूकम्प सङ्ग्रहालयलगायत संरचनाकाे पुनःनिर्माण गर्न बाँकी रहे पनि प्रतीकका रुपमा रहेकाे धरहराकाे आउँदाे वैशाख ११ गते उद्घाटन गरिने बताउनु भएकाे हाे । सम्पदाका मौलिक एवं आकर्षक कलाकृति जोगाउन भूकम्पपछि प्रवलीकरणको प्रविधि भित्रनु सुखद् विषय भएको उहाँको भनाइ थियो।
भूकम्पले भत्किएका ९३ प्रतिशत घरकाे पुनःनिर्माण सम्पन्न हुन लागेको ज्ञवालीले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त ६१ प्रतिशत स्वास्थ्य संस्था, ८०० किमी सडक पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
जिल्ला समन्वय समिति काठमाण्डौका प्रमुख शिवसुन्दर राजवैद्यले उपत्यकामा स्वबासी, सुकुम्बासी र सार्वजनिक जग्गामा बसेका कारण पुनःनिर्माणले गति लिन नसकेको बताउनुभयो।
टीआई नेपालका अध्यक्ष पद्मनी प्रधानाङ्गले ५९ महिने कार्यक्रमका अवधिमा नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा काम गरेको सुनाउनुभयो । भूकम्प अति प्रभावित १४ जिल्लामा सञ्चालित कार्यक्रम अवधिमा ५१ हजार व्यक्ति प्रत्यक्ष रुपमा संलग्न भएका छन् ।
यस्तै टीआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले भूकम्पपछिको पुनःनिर्माणमा सदाचार कार्यक्रम सकिए पनि भ्रष्टाचार विरुद्ध सदाचार अभियानबाट पुनःनिर्माणका कामको विषय भने निरन्तर अनुगमन गरिने बताउनुभएको थियाे।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।