माइ सेकेण्ड टिचर बन्यो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक

 चैत ३१, २०७७ मंगलबार १४:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइएनजी समूहअन्तर्गतको इनोभेट टेक कम्पनीले प्रयोगमा ल्याएको इन्टरनेट लर्निङ मोबाइल एप्लिकेशन माइ सेकेण्ड टिचर राष्ट्रिय क्रिकेट टोलीको जर्सी स्पोन्सरको रुपमा भित्रिएको छ।

नेपालले मार्च २०२२ सम्म खेल्ने ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय र एक दिवसीय अन्तर्राष्ट्रियहरुका लागि माइ सेकेण्ड टिचरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको क्लोदिङ्ग रेगुलेसन अनुसार नेपाल क्रिकेट संघसँग सम्झौता गरेको हो ।

सम्झौता अनुसार राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा उपलब्ध सबै ठाउँहरुमा माइ सेकेण्ड टिचरले प्रमुख स्थान लिनेछ भने आइएनजी ग्रुप र इस्लिङ्गटन कलेजको पनि लोगो प्रयोग गर्नेछ ।

नेपाली क्रिकेट टोलीको जर्सीको वित्तीय अधिकार प्रदान गरेको एड प्याड मार्फत माइ सेकेण्ड टिचर भित्रिएको हो । क्यानले एड प्याडसँग जनवरी २, २०२१ मा सम्झौता गरेको थियो ।

‘नेपालको शैक्षिक क्षेत्रमा क्रान्ति ल्याउनका लागि कार्यरत इनोभेट टेकसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं,’ सम्झौता हस्ताक्षर कार्यक्रममा अनुपस्थित रहेका नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुर बहादुर चन्दले एक प्रेस विज्ञप्ति मार्फत भन्नुभएकाे छ ।

‘राष्ट्रिय क्रिकेट टोलीसँग आबद्ध हुन पाएकोमा हामी क्यान र एड प्याड प्रति कृतज्ञ छौँ । यो साझेदारीपछि खेलकुदको माध्यमबाट हामी हाम्रो एप्लिकेशन मात्र नभएर शिक्षालाई नै प्रवद्र्धन गर्न सक्नेछौँ । माइ सेकेण्ड टिचर नेपालकै पहिलो लर्निङ एप्लिकेशन हो र सबै तहका विद्यार्थीहरु समक्ष पुग्न हामीलाई यो सहकार्यले मद्दत गर्नेछ,’ माइ सकेण्ड टिचरका को–फाउण्डर र आइएनजी ग्रुपका अध्यक्ष सुलभ बढाथोकीले भन्नुभयाे।

एड प्याड तथा एएनएस ग्रुपका अध्यक्ष सुदीप थापाले आफ्नो कम्पनीले नवीन शैलिको साझेदारी मार्फत व्यापारलाई खेलकुदसँग जोड्ने सिद्धान्त अनुरुप नै इनोभेट टेक नेपाली क्रिकेटमा भित्र्याएको बताउनु भयाे।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया