भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु

 वैशाख १, २०७८ बुधबार ६:५७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भारतको महाराष्ट्रमा आजदेखि कडा प्रतिबन्ध सुरु हुने भएको छ । कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिएसँगै आज राति ८ बजेदखि कडा प्रतिबन्ध सुरु गर्न लागिएकको मुख्यमन्त्री उद्धव ठाकरेले बताउनुभएको छ ।

अहिलेको प्रतिबन्धलाई लकडाउन नभनिए पनि कडा प्रतिबन्ध हुने मुख्यमन्त्री ठाकरेको भनाइ छ । कडा प्रतिबन्ध लागु भए पनि यसलाई आफूले लकडाउन नै हो भनेर भने नभन्ने मुख्यमन्त्री ठाकरेले बताउनुभएको छ । उहाँका अनुसार अनिवार्य सेवाका लागि स्थानीय रेल र बस सेवाहरु भने खुल्नेछन् ।

यस्तै पेट्रोल पम्प र भारतीय स्टक एक्सचेन्ज बोर्डसँग संबन्धित वित्तिय संस्थाहरु खुल्नेछन् । निर्माणका कामहरु चलेपनि होटल र रेष्टुरेन्टहरु भने बन्द रहने भएको छ । यस्तै सबै पूजा स्थल, विद्यालय कलेजहरु बिहान ७ बजेसम्म बन्द हुनेछन् ।

सिनेमा हल, मनोरञ्जन पार्कलगायत सबै सार्वजनिक ठाउँहरु पनि बन्द गरिएको छ । भारतमा पछिल्लो समय २४ घण्टामा मात्रै १ लाख ८५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । १ हजार २६ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार १ सय १५ पुगेको छ । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया