चार सय ५२ जना राष्ट्रपतिबाट विभूषित

 वैशाख १, २०७८ बुधबार १४:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रबाट देशलाई योगदान पुर्‍याएका चार सय ५२ जनालाई विभूषित गर्नुभएको छ । मन्त्रिपरिषद्को गएको असोज १ गतेको निर्णयअनुसार चार सय ५२ जनालाई सम्मान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गएको असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भए पनि कोरोना भाइरसको जोखिमका कारण कार्यक्रम स्थगित भएको थियो । उनीहरूलाई नयाँ वर्षको अवसरमा विभूषित गरिएको हो ।

मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा दुई सय ४२, जनसेवाश्री पञ्चम श्रेणीमा एक सय चार रहेका छन् ।

यस्तै अलङ्कारतर्फ एक सय १४, पदकतर्फ २७ गरी जम्मा पाँच सय ९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो । तीमध्ये मान पदवी प्राप्त चार सय ५२ जनालाई नयाँ वर्षको दिन पारेर विभूषित गरिएको गृह मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया