डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बुधवार काेराेना पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकाका मात्रै दुई सय ५४ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय २९ जना निको भएका छन् । अहिले नेपालमा चार हजार ५६ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ८० जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा तीन जनाकाे ज्यान गएसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार ६१ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।