गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

 वैशाख २, २०७८ बिहीबार १३:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सरकारले प्रदेश सभामै अविश्वासको प्रस्ताव दर्ता हुने हुने डरले रातारात अधिवेशन अन्त्य गरे पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले गुरुङविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउन १५ जना सांसद आवश्यक पर्ने भए पनि २८ जना सांसदको हस्ताक्षर रहेको छ । गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै अविश्वास प्रस्ताव तयार पारिएको छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरे पनि २५ प्रतिशत सांसदले माग गरे फेरि अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । सरकार गठनका लागि ३१ जना सांसद चाहिनेमा जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ ।

गण्डकीमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन र जसपाका दुई सांसद छन् । चार दल मिलेर नयाँ सरकार बनाउने कोसिस भइरहेको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया