डिजिटल अपराधसम्बन्धी सम्मेलन : प्रविधिको कारणले हुने अपराध अन्...
फागुन १८, २०८१ आइतबार
काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको जोखिम जटिल अवस्थामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय सङ्क्रमणको जोखिम चुनौतीपूर्ण रहेको बताउँदै सबै नागरिकलाई संवेदनशील बन्न मन्त्रालयले अपिल गरेको छ ।
मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लाको सूची सार्वजनिक गर्दै सकभर विद्यालयसमेत नजान अनुरोध गरेको छ । काठमाण्डौ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा भिडभाड हुने सबै क्षेत्र तथा सेवा बन्द गर्नुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यी जिल्लाका विद्यालय, रात्रि व्यवसाय, रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा–सम्मेलन, बैठक, भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, जस्ता भिडभाड हुने ठाउँमा सहभागी नहुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अपिल गरेको छ ।
यस्तै सबै अस्पताललाई अनिवार्य फिभर क्लिनिक सञ्चालन गर्न र कोरोना परीक्षणको लागि नमुना सङ्कलन तथा परीक्षणको व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विदेशी पाहुनालाई पीसीआर नतिजा नेगेटिभ आएमात्रै होटलमा राख्न भनेको छ ।
यस्तै निजी प्रयोगशाला र अस्पतालहरूले कोरोनाको परीक्षण तथा उपचारका लागि तोकिएको दुई हजार रुपैयाँ, सङ्क्रमितको औषधिबाहेक उपचारका लागि दैनिक सामान्यलाई ३५ सय, मध्यम बिरामीलाई सात हजार र जटिल बिरामीलाई १५ हजार रुपैयाँमा ५० प्रतिशत नबढ्ने गरी उपचार गराउन निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।